पूर्वराजा ज्ञानेन्द्र शाहको एक महिनाको नेपालगञ्ज भ्रमण
कोहलपुर मङ्सिर १९ – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित केही दिनदेखि नेपालगञ्जमा बस्दै आउनुभएको छ। सोमबार राति नेपालगञ्ज पुगेका पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू अब करिब एक महिनासम्म यहाँ रहनेछन्। राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले यस जानकारी दिनुभयो ।
पूर्वराजा ज्ञानेन्द्र शाह, उहाँकी पत्नी कोमल शाह, छोरी प्रेरणा शाह, भतिजी सिताष्मा शाह, र स्व. धीरेन्द्र शाहकी छोरीसहित पश्चिम नेपालको भ्रमणमा नेपालगञ्ज आएका हुन् ।
नेपालगञ्जमा मुकाम बनाएर पूर्वराजा शाहले एक महिने धार्मिक भ्रमण सुरु गर्नुभएको छ । उहाँको कार्यक्रमअनुसार मङ्सिर २५ गते बर्दिया जानुहुनेछ। यसबाहेक, नेपालगञ्जमा बागेश्वरी मन्दिर लगायतका धार्मिक स्थलहरूको दर्शन गर्ने योजना पनि रहेको छ ।
राप्रपा नेपालका सह–महामन्त्री ऋषिराज देवकोटाले भने, “यो भ्रमण धार्मिक, पारिवारिक र व्यक्तिगत उद्देश्यका लागि गरिएको हो। यस बीचमा केही धार्मिक यात्रा र सामान्य भेटघाटका कार्यक्रम हुनेछन् । पूर्वराजाले हाल होटल सोल्टीमा समर्थकहरूसँग भेटघाट गर्दै हुनुहुन्छ ।
पूर्वराजा शाहको यो भ्रमणले पश्चिम नेपालमा धार्मिक र सांस्कृतिक गतिविधिहरूमा थप ऊर्जा ल्याउने विश्वास गरिएको छ ।