कपिलवस्तुको शुद्धोधन १ मा २७ सयभन्दा बढी मत खस्यो
कपिलबस्तु, मङ्सिर १६– कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं। १ मा उत्साह पूर्वक मतदान जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दिउँसो १ बजेसम्म दुई हजार सात सय ३० मत खसेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएको हो l
जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलिका अनुसार तीन वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र स्थापना गरिएको छ । शुद्धोधन गाँउपालिका १ मा निर्वाचनका लागि दुई हजार ११२ महिला र दुई हजार सात सय ५६ पुरुष गरी चार हजार आठ सय ६८ मतदाता रहेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुँदैछ ।
उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनलाई भय रहित ढङ्गबाट सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटाईएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो ।