क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुरबाट एनपीएल खेल्ने
काठमाण्डाै – क्यानडाका अलराउन्डर हर्ष ठाकर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा जनकपुर बोल्ट्सको सदस्यका रूपमा खेल्ने भएका छन्।
२७ वर्षीय ठाकरलाई जनकपुरले साताैं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको छ। ठाकरले ३५ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय ५१ रनसहित २९ विकेट लिएका छन्।
जनकपुर बोल्ट्सले यस अघि इङ्गल्यान्डका बेन माइक, पाकिस्तानका शोएम मक्सूद, श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानका मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प र न्युजिल्यान्डका जेम्स नीशमलाई पनि अनुबन्ध गरेको थियो।
जनकपुरको मार्की खेलाडीको रूपमा राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण पर्सि शनिवारदेखि आउँदो पुस ६ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स बीच शनिवार दिउँसो १२ बजे खेल हुनेछ।
4o mini