४ दिने नेतृत्व विकास र उद्घोषण तालिम सम्पन्न
कोहलपुर मंसिर १३– कोहलपुर नगरपालिका–२ स्थित मुक्ति आधारभूत विद्यालयमा मंसिर १० गतेबाट सुरु भएको ४ दिने नेतृत्व विकास र उद्घोषण तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका–२ का वडा अध्यक्ष हरी कठायतले तालिममा सहभागी बालबालिकाहरूलाई शुभकामना दिँदै, “हामीलाई गर्व छ कि यसरी नयाँ पुस्तालाई नेतृत्व र उद्घोषणका सीपहरू सिकाउनु अत्यन्त आवश्यक छ, जसले उनीहरूको भविष्य उज्जवल बनाउँछ।
उक्त अवसरमा बोल्दै संगम मिडिया लिमिटेडका अध्यक्ष हेमन्त विकले बालबालिकाका लागि सामुदायिक रेडियो ’प्रतिवोध एफएम’ मा विशेष बाल कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता जनाएका छन् । यसले बालबालिकाहरूलाई रेडियो उद्घोषकको रूपमा आफ्नो क्षमता विकास गर्न एक महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । “बालबालिकाको विकासमा मिडियाको ठूलो भूमिका छ । त्यसैले हामी ’प्रतिवोध एफएम’ मा विशेष बाल कार्यक्रम चलाएर उनीहरूको सोच र विचारलाई प्रसार गर्नका लागि एक मञ्च प्रदान गर्नेछौँ उनले भने, यसले बालबालिकालाई समाजमा योगदान दिने र आफ्नो विचार प्रस्तुत गर्ने अवसर दिन्छ ।
चार दिनसम्म नेतृत्व विकास, सार्वजनिक बोलाइ, उद्घोषण कला, आत्मविश्वास वृद्धि र समुहमा काम गर्ने सीपहरू सिके। तालिमका प्रमुख प्रशिक्षकहरूले उनीहरूलाई प्रभावकारी तरिकामा विचार व्यक्त गर्ने, श्रोतासम्म सम्प्रेषण गर्ने र नेतृत्वको भूमिका बुझ्नका लागि प्रोत्साहित गरे । यस तालिमले सहभागी बालबालिकामा विभिन्न प्रकारका सामाजिक र व्यक्तित्व विकासका सीपहरू बृद्धि गरेका छन् ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले भने, “यस तालिमले हाम्रो आत्मविश्वास बढाएको छ र हामीलाई नेतृत्वको जिम्मेवारी लिन तयार बनाएको छ । अब हामी आफ्नो विचारलाई सहजै व्यक्त गर्न सक्ने भएका छौँ । “हामीलाई सामूहिक कार्य र साझा उद्देश्यमा कसरी काम गर्ने भनेर धेरै कुरा सिक्न पाएको छौँ, जुन हाम्रो भविष्यका लागि निकै महत्त्वपूर्ण छ । तालिममा ३७ जना बालबालिकाको सहभागीता रहेको थियो ।
यस तालिमले कोहलपुर नगरपालिका–२ का बालबालिकामा नेतृत्व क्षमता र सामाजिक दायित्वको भावना बृद्धि गर्ने महत्वपूर्ण भूमिका खेलेको छ । आगामी दिनमा यस्ता तालिमहरूको आयोजना गर्दै, बालबालिकाहरूको सर्वांगीण विकासमा योगदान पुर्याउने विश्वास लिईएको छ ।