लुम्बिनी सरकारले जटिल रोगीलाई दुई लाख रुपैयाँ सहयोगको घोषणा

लुम्बिनी, मङ्सिर ७ लुम्बिनी प्रदेश सरकारले जटिल रोग लागेका बिरामीलाई स्वास्थ्य उपचारमा आर्थिक सहयोगको रूपमा दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। नयाँ संशोधित स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) को कार्यान्वयनसँगै मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गराउनुपर्ने बिरामीहरूले यो सुविधा पाउने भएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले यस निर्णयले बिरामी र तिनीहरूको परिवारलाई सहजता र राहत दिने बताउँदै स्वास्थ्य सेवा निर्देशनालयमा सिफारिशको प्रक्रिया जटिल बनेको समस्याको समाधान भएको उल्लेख गरे। अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले सिफारिश गर्ने व्यवस्था मिलाइएको छ, जसले बिरामीलाई छिटो र सरल सेवा प्राप्त गर्न सहयोग पुर्याउनेछ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर