विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बीच बराबरी

काठमाण्डौ, मंसिर ५, – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएको छ । आज बिहान भएको खेलमा ब्राजिल र उरुग्वेले एक/एक गोलको बराबरी खेले ।

घरेलु मैदानमा भएको यस खेलमा ब्राजिलको तर्फबाट गारसनले गोल गरे, जबकि उरुग्वेका फोर्डिको भाल्भेर्डेले गोल गर्दै समान गोलको बराबरी बनाएका थिए ।

यस बराबरीसँगै उरुग्वे १२ खेलमा २० अंकको साथ दोस्रो स्थानमा रहेको छ, जबकि ब्राजिल १२ खेलमा १८ अंकसँग पाँचौं स्थानमा छ ।

यसैबीच, अर्जेन्टिनाले पेरुलाई १-० गोलले हराउँदै विश्वकपको लागि आफ्नो स्थान सुरक्षित गरेको छ। लिओनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना १२ खेलमा २५ अंकको साथ शीर्ष स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटमा विश्वकपको लागि ६ स्थान रहेका छन्, जसअनुसार अर्जेन्टिनाले कम्तीमा छैटौं स्थान पक्का गरिसकेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर