रुकुम पूर्वको पुथा उत्तरगङ्गा–२ को अध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित
कोहलपुर, मंसिर ५ – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षको निर्वाचनमा एमाले–कांग्रेसको सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका एमालेका जीवन रोका र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा भने एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी छन् । यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा उम्मेदवार हुनुहुन्छ ।
यसैबीच, जिल्ला समन्वय समिति कैलालीको प्रमुखको पदमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी पनि निर्विरोध निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गरेकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन् ।