सामाजिक काममा सबैको सहयोग आवश्यक छ – मुख्यमन्त्री आचार्य

कोहलपुर, मङ्सिर ५ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक कार्यमा दलगत भेदभावलाई पार गरेर सबैको सहयोग आवश्यक रहेको बताएका छन्। नेपालगन्जस्थित बैकुण्ठधाम सिधनियाघाट समितिको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री आचार्यले बैकुण्ठधाम निर्माणलाई सामाजिक पुण्यको काम मान्दै यसका लागि आम जनता र सबैको सहयोग अपरिहार्य रहेको बताएका हुन्।

मुख्यमन्त्री आचार्यले भने, “तपाईंहरू सबै मिलेर बैकुण्ठधाम निर्माणको कार्यमा जुट्नुभएको छ, र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।”

कार्यक्रममा बैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डाक्टर सुरेश कनोडिया, उपाध्यक्ष भोला महत, डाक्टर बद्री चापागाईं, र मीन बहादुर मल्ललगायतले बैकुण्ठधामको निर्माण योजनाबारे जानकारी दिएका थिए।

यसैबीच, नेकपा एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मुख्यमन्त्री आचार्यले विकासको क्षेत्रमा अगुवाइ गर्न सबैलाई आह्वान गरे।

मुख्यमन्त्री आचार्य नेपालगञ्ज आएर बाँकेको नरैनापुरमा आयोजित जनसभामा समेत सहभागी भएका छन्, जहाँ स्थानीय विकासका लागि नेकपा एमालेका वडा कमिटी र पालिका कमिटीले विभिन्न माग पत्र प्रस्तुत गर्नेछन्।

साथै, मुख्यमन्त्री आचार्यले राप्ती नदीको कटान प्रभावित खल्ला झगडीयास्थित क्षेत्रको स्थलगत अनुगमन पनि गर्ने कार्यक्रम राखेका छन्। उनले स्व. दिनेशचन्द्र यादवको शालिकमा माल्यार्पण गर्ने पनि तय भएको छ।

मुख्यमन्त्री आचार्य बुधबार बिहान नेपालगञ्ज स्थित बैकुण्ठधाम समितिको सचिवालयमा पुगेर बैकुण्ठधाम निर्माणको प्रगति र योजनाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर