वायु प्रदूषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी दिल्लीमा प्लान थ्री लागू


एजेन्सी कात्तिक ३०,- भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान थ्री लागू भएको छ । हावाको गुणस्तर मापन सूचक ९एक्यूआई० पछिल्लो तीन दिनदेखि लगातार चार सयभन्दा माथि पुगेपछि सरकारले प्लान थ्री लागू गरेको बीबीसी हिन्दीले जनाएको छ ।

आज बिहान ८ बजेदेखि लागू भएको योजना अर्को सूचना प्रकाशन नभएसम्मका लागि लागू हुने छ । यो योजनाअन्तर्गत विद्यालयका कक्षा ५ सम्म बन्द हुनेछन् । दिल्ली सरकारले अनलाइन कक्षा सञ्चालन गर्न भनेको छ । यस्तै भारत स्टेज स्टयान्डर्ड ९बीएस० थ्री पेट्रोल र बीएस फोर डिजलबाट चल्ने गाडीहरूमा रोक लागेको छ ।

यस्तै भवन भत्काउन र निर्माण कार्यमा पनि रोक लागेको छ । टाइल्स, ढुङ्गा लगायत काट्न र भाँच्न रोक लागेको छ । घरहरूमा सानातिना मर्मतबाहेक सिमेन्ट, प्लास्टर वा अन्य कोटिङ्ग्सको प्रयोग हुने कामहरू गर्न पाइने छैन । डिजलबाट चल्ने जेनेरेटरहरू चलाउन पाइने छैन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर