कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबाट एनपीएल खेल्ने

काठमाण्डौ कात्तिक २० – नामिबियाका ब्याटिङ अलराउन्डर जान निकोल लोफ्टी इटनले चितवन राइनोजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट खेल्ने भएका छन् । २३ वर्षीय ब्याटिङ अलराउन्डर इटनलाई चौथो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ ।

इटनले यही वर्षको फेब्रुअरीमा कीर्तिपुरमा भएको नेपालसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३३ बलमा शतक बनाउँदै कुशल मल्लको कीर्तिमान तोडेका थिए । कुशलले गएको वर्षको सेप्टेम्बरमा मङ्गोलियासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम ३४ बलमा शतक बनाउने खेलाडी बनेका थिए । अहिले कुशल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको सूचीको चौथो स्थानमा छन् ।

योसँगै चितवनले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्रस्यन्ट डे लाङ्गा, इङ्ग्ल्यान्डका ल्युक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिललाई अनुबन्ध गरेको थियो ।

चितवन राइनोजको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल रहेका छन् । चितवनको मुख्य प्रशिक्षकमा उपेश पटवाल रहेका छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर