साफ महिला च्याम्पियनशिपमा फाइनलको टिकट एन्फाले नै बेच्ने,

काठमाण्डौ कात्तिक १३, – साफ महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले नै बिक्री गर्ने भएको छ ।

नेपाल र बङ्गलादेशबीच हुने फाइनलका लागि भोलि बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री गर्ने एन्फाले जनाएको छ ।

एक जनाले भीआईपीतर्फ अधिकतम दुई वटा र साधारणतर्फ पाँच वटा टिकट मात्रै किन्न पाउने छन् । यसअघि अनलाइनमार्फत बिक्री भएको टिकटको पैसा फिर्ता हुने एन्फाले जनाएको छ । सुरक्षाका कारण जम्मा १० हजार वटा टिकट मात्रै बेच्ने एन्फाले जनाएको छ ।

यसअघि टिकट बिक्रीको जिम्मा लिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले भारतसँगको खेलका क्रममा रङ्गशालाको क्षमताभन्दा धेरै टिकट बिक्री गरेको र सुरक्षा जोखिम बढेको भन्दै एन्फाले सम्झौता रद्द गरेको छ ।

माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनशिपको टिकेटिङ अधिकार लिएको थियो । १५ हजार जना दर्शक क्षमता भए पनि उसले १८ हजार वटा टिकट बेचेको थियो ।

साफ महिला च्याम्पियनशिपको फाइनल खेल बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर