उद्योग वाणिज्य संघको निर्वाचन : नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको प्रतिस्पर्धा

कोहलपुर असोज ३०- आगामी शनिबार कोहलपुरे व्यवसायीले कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्दैछन् । तालिकामा कुनै परिवर्तन नभए १ हजार ६ सय ६८ मतदाताले शनिबार कोहलपुरको आर्थिक क्षेत्रको नेतृत्व गर्ने उम्मेदवारलाई छानिसकेका हुनेछन् । चुनावी दिन नजिकिदै गर्दा अहिले उम्मेवारहरु मतदातालाई रिजाउन कम्मर कसेर लागेका छन् । यता मतदाताहरु पनि कसले सुधार गर्न सक्छ कोहलपुरको व्यापारलाई भनेर मन्थन गरिहेका छन् । व्यवसायिहरुले भोगिरहेका समस्यालाई आफनो एजेन्डा बनाएर हिड्ने उम्मेदवार खोजिरहेको छ कोहलपुरले । अहिले बिग्रिरहेको आर्थिक अवस्थालाई सुधार गर्न सक्ने क्षमता भएका उम्मेदवार मतदाताको रोजाईमा पर्नेछन् ।


कोभिड–१९ पछि थला परेको आर्थिक अवस्थालाई कसरी माथि उकास्न सकिन्छ भन्ने चुनौति अहिलेका सबै उम्मेदवारीहरु माथि छ । व्यवसायीका लागि सकारात्मक आड भरोसा दिने नेतृत्वको खोजिमा छ कोहलपुर यसपाली ।
चुनावको मिति नजिकिदै गर्दा उम्मेदवार आफना एजेन्डा र योजनाहरुले लिएर मतदातालाई रिजाउनमा मिहिनेत गरिरहेका छन् ।
विगतमा झै यस पटक पनि दुई समुहहरु प्यानल बनाएर मतदाता भेटघाटमा व्यस्त छन । दुबै समुहले आ–आफ्नो प्यानललाई सफलता दिलाउन परिश्रम गरिरहेका छन् ।


कोहलपुुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले निर्वाचन जित्नु मात्र आफुहरुको लक्ष्य नभएको बताउनु भएको छ । व्यवसायिका वास्तविक समस्या र चुनौतिहरुलाई समाधान गर्ने आफनो टिमको मुख्य एजेण्डा भएको भट्टराईले चुनावी प्रचार प्रसारका क्रममा बताउनु भएको छ ।
कात्तिक ३ गते कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । चुनावको दिन नजिकिदै गर्दा यतिखेर उम्मेवारहरु प्रचार प्रसारमा व्यस्त छन् । मतदाताहरुसँग भेटघाट्का क्रममा अध्यक्ष पदका उम्मेदवार भट्टराईले कोहलपुरको व्यवसायलाई आसालाग्दो गरी सकात्मक बाटोमा लग्नको लागि आफुले काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
होटल पप लाईफका सञ्चालक प्रदिप भट्टराईको नेतृत्वमा लोकतान्त्रिक व्यवसायी समुहले निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ ।


अध्यक्ष पदका उम्मेदवार भट्टराईले व्यवसायीहरूले आफ्नो मताधिकारको महत्व बुझेर निर्णय गर्नु पर्ने बताउनु भयो । कोहलपुरको उद्योग, व्यवसाय र आर्थिक अवस्थालाई बलियो बनाउनमा निर्वाचनले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै भट्टराईले आफनो धारणा राख्नु भएको छ ।

यसैगरी उपाध्यक्ष पदका उम्मेदवार चण्डी प्रसाद गैरेले प्रचार प्रसार अभियानले एक अर्काको समस्या बुझ्न र सँगै समाधान खोज्न मद्दत गरिरहेको बताउनु भयो । एकजुट भएर योग्य उम्मेदवार चयन उहाँले मतदातालाई अपिल गर्नु भएको छ ।


वस्तुगत उपाध्यक्षका उम्मेदवार राकेश विष्टले कोहलपुरका व्यवसायीहरूको हितमा काम गर्ने बताउनु भएको छ । निर्वाचनले उद्योग, व्यवसायीको भविष्यको लागि महत्वपूर्ण मोड ल्याउने बताउँदै उहाँले सही उम्मेदवारको चयन गर्नको लागि सबैले सक्रियता देखाउन आग्रह गर्नु भयो ।


महासचिव पदका उम्मेदवार दिपक बहादुर भण्डारीले हाम्रो समूहले व्यावसायिक वातावरणलाई सुधार्न र व्यवसायीहरूको समस्यालाई प्राथमिकता दिनका लागि चुनावि मैदानमा होमिएको बताउनु भयो । मतदाताको सही निर्णयले कोहलपुर उद्योग वाणिज्य संघ बलियो बनाउने उहाँले बताउनु भयो ।


कोषाध्यक्षका उम्मेदवार भूमिराज कडेलले वित्तीय व्यवस्थापन र पारदर्शितामा ध्यान दिनुपर्ने बताउनु भयो । व्यवसायीहरूलाई विश्वास दिलाउनको लागि सही र जिम्मेवार दृष्टिकोणमा काम गर्नु पर्ने उहाँको भनाई थियो ।
लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा प्रदिप भट्टराईसँगै उर्जाशिल व्यवसायीहरुले उम्मेदवारी दिनु भएको छ । चन्डी प्रसाद गैरेले वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग तर्फको उपाध्यक्षमा, राकेश विष्टले वस्तुगत उपाध्यक्ष, दिपक बहादुर भण्डारीले महासचिव, भूमिराज कडेलले कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । यसैगरी उप–महासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देविलाल सुनारले समावेशी प्यानलबाट उम्मेदवार बन्नु भएको छ ।


लोकतान्त्रिक समावेशी प्यानलबाट सदस्यमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजालले एशोसियट सदस्यमा उम्मेदवारी दिनु भएको छ । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा उम्मेवार हुनुहुन्छ ।
यसैगरी प्रगतिशील व्यवसायीक समूहले अञ्जना धितालको नेतृत्वमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ । प्रगतिशील व्यवसायीक समूहको वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग तर्फको उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप–महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह–कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिनु भएको छ ।


यसैगरी सदस्यहरूमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहनु भएको छ । महिला सदस्यहरूमा अस्मिता केसी, प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल उम्मेदवार हुनुहुन्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर