मतदाता शिक्षा अभियान सुरू


कोहलपुर असोज २८– आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियान सुरू गरेको छ । यस समूहले मतदाताहरूलाई आफ्नो मताधिकारको प्रयोग कसरी गर्ने भन्ने विषयमा आज सोमबार कोहलपुर नगरपालिका वडा नं। १२, १३, २, र ६ मा व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई जानकारी दिएको छ ।
अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले मतदाता शिक्षा अभियानलाई प्राथमिकता दिदैँ उनले भने, “हामी सबै व्यवसायीहरूको हक हितको लागि काम गर्ने प्रतिबद्ध छौँ, यसका लागि हामी सबै मतदाताहरूलाई आफ्नो मताधिकारको प्रयोग गर्न प्रेरित गर्दैछौँ।” भट्टराईले मतदाताहरूलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिँदै मतदान केन्द्रमा कसरी पुग्ने र कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी गराएका थिए ।


वरिष्ठ उपाध्यक्षका उम्मेदवार चण्डी प्रसाद गैरेले सबै व्यवसायीहरूको एकताका लागि काम गर्नेछौँ । हामीले गरेका प्रतिबद्धतालाई पूरा गर्नका लागि तपाईँहरूको साथ आवश्यक रहेको उनले बताए । यस्तै उद्योग उपाध्यक्ष तर्फका उम्मेदवार हरीशरण केसीले उद्योग व्यवसायको विकासका लागि नयाँ आयाम थप्नका लागि चुनावी मैदानमा होमिएको बताए ।
सबै किसिमका व्यवसायीहरूको समस्या समाधान गर्न प्रतिबद्ध रहको वस्तुगत उपाध्यक्ष तर्फका उम्मेदवार राकेश विष्टले बताए । महासचिव पदका उम्मेद्ववार दिपक बहादुर भण्डारीले भने संस्थाको पारदर्शी र जवाफदेही नेतृत्व प्रदान गर्न प्रतिवद्ध रहेको बताए । कोषाध्यक्षका उम्मेदवार भूमीराज कडेलले संस्थाको आर्थिक अवस्था सुधार गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए । उप–महासचिव पदका उम्मेद्ववार राज कुमार पौडेल, लगायत र अन्य सदस्य पदका उम्मेद्ववारहरू सहितको लोकतान्त्रिक समुहले जित सुनिश्चित गर्नका लागि मतदाताहरूलाई प्रेरित गरिरहेका छन् ।


कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन केवल एक औपचारिकता होइन, यो व्यवसायीहरूको भविष्यको लागि एक महत्त्वपूर्ण अवसर हो । लोकतान्त्रिक समावेशी व्यवसायी समूहले यस निर्वाचनमा सहभागिता जनाएर एक शसक्त व्यवसायी समुह निर्माण गर्नेमा विश्वास राखेको छ । सबै मतदाताहरूलाई मतदान प्रक्रियामा संलग्न हुन र आफूलाई प्रतिनिधित्व गर्ने उम्मेद्ववार चयन गर्न प्रेरित गर्नको लागि यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लोक्तान्त्रिका समुहले राखेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर