पत्रकार माथी अभद्र व्यवहार


कोहलपुर असोज १८ – असोज १७ गते घटस्थापनाका दिन समाचारको विषयलाई लिएर नेपाल प्रेस युनियन बाँँकेका कार्यसमिति सदस्य अभिषेक गुप्तामाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।

घटस्थापनाको रिर्पोटिङ गरेर फर्किने क्रममा राती करिब ११ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका९२ त्रिबेणी मोड नजिकै घर अगाडि तीन जना युवाको समूहले भिडियो किन बनाएको भन्दै जि नेपाल एच।डी टेलिभिजनमा कार्यरत गुप्तालाई धमक्याएको र हातपातको समेत प्रयास गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार संकलनको विषयलाई लिएर पत्रकार गुप्तामाथि दुर्व्यवहार भएको घटनाप्रती प्रेस युनियन बाँके शाखा भत्सर्ना गर्दछ । साथै दुर्व्यवहारमा संलग्नहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न युनियन सम्बन्धित निकायसँग माग गर्दछ । साथै यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन प्रशासनको ध्यानाकर्षण गराउंदछौं ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर