१७ वर्षमूनीको साफ च्याम्पियनसिपको फाइनलका खेलका लागि आज नेपालले भारतसँग खेल्दै
काठमाण्डौ असोज १२, – १७ वर्षमूनीको साफ च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपालले भारतसँग खेल्दैछ । खेल भुटानको थिम्पुमा रहेको चङ्लिमिथाङ रङ्गशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।
समूह चरणको तीन खेलमा दुई जीत र एक हारसहित नेपाल समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित हुँदा नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० गोलले र तेस्रो खेलमा घरेलु टोली भुटानलाई २–१ गोलले हराएको हो ।
यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै अन्तिम चारमा पुग्यो । उसले फाइनलमा पुग्न समूह ‘ए’ को उपविजेता बङ्गलादेशसँग खेल्नेछ । यो खेल बेलुका पौने ६ बजे शुर हुनेछ । फाइनल खेल पर्सि हुनेछ ।