चन्द्रपुरलाई हराउँदै वालिङः ुएन्फा महिला लिगु को दोस्रो चरणमा प्रवेश

स्याङ्जा असोज १०– स्याङ्जाको वालिङ नगरपालिका एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा पुगेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई २–१ गोलले हराउँदै वालिङ दोस्रो चरणमा पुगेको हो । वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनारले गोल गरिन् ।

जीतपछि वालिङ ९ खेलमा १५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । चन्द्रपुर ९ खेलमा ८ अङ्कका साथ तालिकाको आठौं स्थानमा छ । चन्द्रपुर दोस्रो चरणमा छनोट हुने सम्भावना सकिएको छ ।

एन्फा महिला लिगमा आजै दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यो खेल अहिले दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ ।

कोशी ८ खेलमा ११ अङ्कका साथ तालिकाको पाँचौं स्थानमा छ । कोशी दोस्रो चरणमा पुग्ने सम्भावना कायमै छ । सुदूरपश्चिम ८ वटै खेल हारेर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

एन्फा महिला लिगमा यसअघि नै सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो चरणमा पुगिसकेका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा चलिरहेको लिगमा १० वटा टोली सहभागी छन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणमा पुग्नेछन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर