चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्‍यो


एजेन्सी असोज ९,- चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ९आईसीबीएम० को परीक्षण गरेको छ । चीनले प्रशान्त महासागरमा ‘डमी वारहेड’ बोकेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको बताएको बीबीसीले जनाएको छ ।

चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले भने चीनले पछिल्लो पटक सन् १९८० मा यस्तो परीक्षण गरेको र यसलाई नियमित भनेर वर्णन गर्नु अचम्मको कुरा भएको बताएका खबरमा उल्लेख छ । चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ ।

चीनको सरकारी मिडियाका अनुसार बेइजिङले अन्तरदेशीय ब्यालेस्टिक मिसाइलको परीक्षणको बारेमा नजिकका देशहरूलाई पहिलो नै जानकारी गराएको थियो ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकालाई आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर