विश्वविद्यालयहरूको गुणस्तर सुधार्न शिक्षा मन्त्रालयमा अन्तरक्रिया


काठमाण्डौ, असोज ७ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि हिजोदेखि प्रारम्भ गरेको अन्तरक्रिया आज पनि जारी रहेको छ।

आजको कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईको नेतृत्वमा राष्ट्रिय योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भएको छ। मन्त्री भट्टराईले सबै विश्वविद्यालयलाई शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा गम्भीर ध्यान दिन आग्रह गर्नुभएको छ। उहाँले अन्तरक्रियाबाट प्राप्त महत्त्वपूर्ण सुझावलाई समेटेर विश्वविद्यालय शिक्षाको नीति निर्माण गरिने जानकारी दिनुभयो।

मन्त्री भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षा सञ्चालन र व्यवस्थापन, र सम्बन्धनजस्ता योजनाहरूमा विशेष ध्यान दिन अनुरोध गर्नुभएको छ। आगामी बिहीवारसम्म चल्ने यस अन्तरक्रिया कार्यक्रममा विद्यार्थी र प्राध्यापकका गुनासा सुनुवाइ, पाठ्यक्रम निर्माण र परिमार्जन, छात्रवृत्ति, प्राध्यापक र कर्मचारीको सेवा सुविधा, र जग्गा व्यवस्थापनजस्ता विषयमा गम्भीर छलफल भइरहेको छ।

यस कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग, उपकुलपति, विभिन्न विश्वविद्यालयका डिन, मन्त्रालयका सचिव र कर्मचारीहरूको उपस्थिती रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर