चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाण्डौ असोज ३, – सरकारले आजदेखि ठूला चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन शुरू गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत देशका ४२ वटा जिल्लाका ६३ वटा ठाउँमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको सरकारले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको छ ।

काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष रहेको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था कम्पनीले तेलमा प्रतिलिटर ५ रुपैयाँ तथा गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा किलोमा ७ रुपैयाँ छुट दिएको छ । यस्तै, चामल, दालमा बजार प्रचलित मूल्यमा किलोको ५ रुपैयाँ छुट दिने जनाएको छ ।

त्यस्तै कम्पनीले कर्णालीको सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा किलोमा ७ रुपैयाँ छुट दिएको छ । यस्तै, जिउँदो खसी–बोका र च्याङ्ग्रा तथा डीडीसी घिउमा किलोको १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ । खसीबोकाको बिक्री भने घटस्थापनाको दिनदेखि शुरू हुनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर