प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त


कोहलपुर असोज ३- लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा। डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय भएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यका अनुसार सोमबारको मन्त्रीपरिषद् बैठकले आयोगमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले आयोगका सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा। सुदनकुमार वली, दाङ, घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देहीस्थित बुटवल उपमहानगरपालिका–१८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।आयोगका नवनियुक्त पदाधिकारीले शपथग्रहण गरी कार्यभारसमेत समालेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री आचार्यले उपाध्यक्ष डा। डिल्लीराज अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने उपाध्यक्ष अर्यालले सदस्य डा। सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराउनुभएको थियो ।

प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यले आफ्नो कार्यभार समाल्नुअघि अनुसूची २ बमोजिम ढाँचामा उपाध्यक्षले अध्यक्षसमक्ष र सदस्यहरूले उपाध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको पूर्वाधार विज्ञमा इन्जिनियर जीवन अर्याललाई नियुक्त गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर