आज नेपाल पुलिस क्लब र ताजकिस्तानको क्लब खेल्दै


काठमाण्डौ असोज – काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज नेपाल पुलिस क्लबले ताजकिस्तानको क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।

यसअघि नेपाल पुलिस क्लबले लगातार दुई खेल जिसिकेको छ । हिजोको खेलमा पुलिस क्लबले श्रीलङ्काको क्लबलाई ३–० को सोझो सेटमा हरायो । पहिलो खेलमा पनि पुलिस क्लबले उज्वेकिस्तानको क्लबलाई ३–० को सोझो सेटमै हराएको थियो । अब पुलिसले समूह चरणको अन्तिम खेलमा पर्सि बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर