बाँकेमा तिन वर्षिय बालिका बेपत्ता, जंगली जनावरले लगेको हुनसक्ने आशंका


कोहलपुर भदौ ३१- बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीकी तीन वर्षीया बालिका लक्ष्मी पुन आफ्नै घरको आँगनबाट बेपत्ता भएकी छन्। आईतबार बेलुकी घरमा खेलिरहेकी बालिका अचानक हराएपछि जंगली जनावरले लगेको हुनसक्ने स्थानीयहरूले आशंका गरेका छन्।

बालिका खोज्दा नभेटिएपछि परिवारले गएराति १० बजे प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार, बालिकाको खोजी कार्य जारी रहेको छ।

‘जंगल नजिकैको बस्ती भएकाले बाघले लगेको हुनसक्छ भन्ने शंका छ,’ एसपी कार्कीले बताउनु भयो। स्थानीय बासिन्दा र प्रहरीले बालिकाको खोजीमा व्यापक प्रयास गरिरहेका छन् तर अहिले सम्म हराएकि बालिकाको अवस्था अज्ञात नै रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर