नेपालगञ्ज मेडिकल कलेजले कोहलपुरमा क्यान्सर अस्पतालको शिलान्यास गर्‍यो

कोहलपुर, भदौ २८ – लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा स्वास्थ्य र शैक्षिक अवसरहरूको सुधार गर्ने उद्देश्यले सन् १९९६ मा स्थापना गरिएको नेपालगञ्ज मेडिकल कलेजले हालै कोहलपुरमा नयाँ क्यान्सर अस्पतालको शिलान्यास र भूमि पूजन सम्पन्न गरेको छ।

नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत सञ्चालन हुँदै आएको यस कलेजले लुम्बिनी, कर्णाली, र सुदूर पश्चिम प्रदेशका जनताका लागि उच्चस्तरीय स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रमहरू उपलब्ध गराउँदै आएको छ। कलेजका उप-निर्देशक श्याम कुमार शर्माका अनुसार, यो क्यान्सर अस्पताल पश्चिम नेपालमा निजी क्षेत्रबाट शुरू गरिएको पहिलो क्यान्सर अस्पताल हुनेछ, जसले अत्याधुनिक उपचार सेवाहरू प्रदान गर्नेछ।

कलेजले एमबिबिएस, एमडी, एमएस, र बिएस्सि नर्सिङका कोर्सहरूका साथै यस शैक्षिक सत्रदेखि बिडिएस (दन्त चिकित्सा), बिएमएलटी (मेडिकल ल्याब टेक्नोलोजी), र बिएमआइटी (मेडिकल इमेजिङ टेक्नोलोजी) कोर्सहरू पनि सुरू गर्ने योजना बनाएको छ। यसले क्षेत्रीय विद्यार्थीहरूलाई थप शैक्षिक अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

स्वास्थ्य सेवाको क्षेत्रमा सुधार ल्याउन नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्ज अस्पतालमा आगामी महिनाबाट मुटुरोगसम्बन्धी सेवा, क्याथ ल्याब सेवा, र इन्टरभेस्नल रेडियोलोजी सेवा सुरु गर्ने तयारी गरेको छ। साथै, कोहलपुर अस्पतालमा ओन्कोलोजी विभाग स्थापना गरेर क्यान्सर उपचार सेवा विस्तार गर्ने योजना छ।

नेपालगञ्ज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बी.एन.ले पश्चिम नेपालका जनताका लागि थप सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा राख्नुभएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर