शैक्षिक सामाग्री हस्तान्तरण


बाँके भदौ २८- विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी-५ बाबियाचौरमा प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त कार्यक्रमको सुरुवातमा परिषद्‌गीत वीरेन्द्रनगर नगर इकाइ सचिव सुश्री सीता आचार्य ज्यू ले गाउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष(लोकेन्द्र रावल)को संयोजकत्वमा कार्यक्रम सञ्चालन भएको थियो । यस कार्यक्रम मा स्वागत मन्तव्य विद्यालयका सहायक प्र.अ तेजप्रकाश रेग्मी ज्यूले गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि पञ्चपुरी नगरपालिका नगरप्रमुख श्री लालविर भण्डारीज्यूले गर्नुभएको थियो ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नगेन्द्र बहादुर शाही, प्राज्ञिक विद्यार्थी परिषद्‌ कर्णाली प्रदेश सह-सचिव सुश्री अरुणा आचार्य, कर्णाली प्रदेश संगठन सचिव श्री चन्द्र‌शेखर जोशी,विद्यार्थी परिषद वीरेन्द्रनगर नगर सचिव सुश्री सीता आचार्य र हिन्दू स्वयम्‌सेवक संध नेपाल का कर्णाली सम्भाग शारीरिक प्रमुख महेन्द्र प्रसाद देवकोटा लगाएतको सक्रिय सहभागिता रहेको थियो ।यस कार्यक्रममा १२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य श्री चन्द्र‌शेखर जोशीले दिनुभयो । त्यसैगरि एक संकल्प राष्ट्र‌का लागि सुश्री अरुणा आचार्यले गराउनुभएको थियो। मन्तव्यका क्रममा प्रमुख अतिथि श्री लालविर भण्डारी ज्यूले शिक्षा सुधार गर्ने शक्तिका रुपमा लागेको विद्यार्थी परिषद् लाई धन्यवाद दिदै आफ्नो स्थानीय तहले पनि शिक्षा क्षेत्रका लागि २५% छुट्‌याएको कुरा बताउनुभयो ।

आफू पनि समाज सेवा सँगै पञ्चपुरीमा रहेका टुहुरा वालवच्चालाई छात्रवृतिदिने प्रतिबद्धताका साथमा राजनीतिमा लागेको छु । पहिलो प्राथमिकतामा निशुल्क स्वास्थ्य सुरक्षा संगै आवास सहितको शिक्षा व्यवस्था गर्ने प्रतिवद्वता गर्नु भएको थियो ।

जनताका वितृष्णालाई आकर्षण गर्न दत्तचित्त भएर लाग्नेछु ।व्यक्तिमा थोरैरुपमा भएपनी आध्यात्मिक चिन्तन चाहिन्छ र त्यसतर्फ आफू लाग्ने चिन्तन गरेको छु भन्दै आफ्नो भनाइ टुङ्याउनु भएको थियो ।

त्यसैगरि प्रदेशका संगठन सचिव श्री चन्द्रशेखर जोशी ज्युले विद्यार्थी परिषद्‌का बारेमा बताउँदै शिक्षा सुधारका माध्यम‌बाट विद्यार्थीहरुको व्यक्तित्व विकासमा लाग्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्र दलिय राजनीतिबाट मुक्त हुनुपर्छ र असल , नैतिकवान् , र चरित्रवान् व्यक्ति निर्माण गरि समाज र राष्ट्र‌को पुनर्निर्माण गर्ने परिकल्पना परिषद्ले लिएको बताउनु भयो । हरेक वर्ष २५००० विद्यार्थीहरु‌को लागि शैक्षिक सामग्री वितरण गर्ने गरेको कुरा समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा मिडिया सहयोगमा डाँडादरा f.M 104 मेघाहर्जका स्टेसन म्यानेजर श्री अमर कार्की ज्यु हुनुहुन्थ्यो । कार्यक्रमको समापन विद्याज्योति माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री लोकेन्द्र रावलले गर्नुभएको थियो ।

उहाँले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि, विद्यार्थीहरुको पढाईमा सहयोग गरेकोमा विद्यार्थी परिषद् लाई धन्यवाद व्यक्त गर्दै शुसासन, पठाइ र व्यक्तिको सर्वाङ्गीण विकासका लागि स्थानीय सरकारको पक्षमा र उहाँहरुको विचारमा
सहमति जनाएका छौँ भन्ने विचार सँगै विद्यार्थीको शैक्षिक गुणस्तरमा सबैले चिन्तन गर्नुपर्ने विचार व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर