झाडा पखालाबाट बाँकेको नरैनापुरमा एकैदिन ४ जनाको मृत्यु


कोहलपुर भदौ १७- बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकैदिन चार जनाको मृत्यु भएको छ। भने नरैनापुर–३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन्।

भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए।

उनका अनुसार हरिराम पासीको श्रीमती २५ वर्षकि रुसा पासी र उनकी छोरी डेढ वर्षकि नन्दनी पासी, मोहन लाल पासीको श्रीमती ६० वर्षकि शान्ति पासी र सखावत अलिको छोरा १० वर्षको यूसुफको मृत्यु भएको छ। अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ रहेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर