नेपालगञ्जमै बिएएलएलबीको पढाई हुने


कोहलपुर भदौ १५– बाँकेमा पहिलोपटक बिएएलएलबी ९पाँच वर्षे० कोर्षको अध्यापन सुरु हुने भएको छ । यसै शैक्षिक सत्रदेखि नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले पाँच वर्षे बिएएलएलबी कोर्षको सुरुआत गर्न लागेको हो । प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले पाँच वर्षे बिएएलएलबीमा भर्ना हुन पाउनेछन् । राजर्षि जनक विश्वविद्यालय जनकपुरधाम धनुषाबाट अध्यापन अनुमति लिएर नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसले बाँकेमा बिएएलएलबीको पढाई सुरु गर्न लागेको हो ।

राजर्षि जनक विश्वविद्यालय कार्यकारी परिषदको भदौ १२ बसेको बैठकले नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसलाई अध्यापनका लागि अनुमति दिएको हो । बाँकेमा स्वास्थ्य क्षेत्रको लोकप्रिय संस्थाको रुपमा परिचित नेपालगञ्ज हेल्थ क्याम्पसका सञ्चालक मैकुलाल वाल्मिकीको नेतृत्वमा बिएएलएलबी कोर्षको सुरु आत हुन लागेको हो ।

नेपालगञ्ज ल एण्ड म्यानेजमेन्ट क्याम्पसका अध्यक्ष एवम् संचालक वाल्मिकीले बाँकेमा कानुन विषय पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर बिएएलएलबी कोर्षको सुरुआत गरिएको बताए । उनले भने, ‘बाँकेमा कानुन विषय पढ्ने विद्यार्थीको संख्या बढिरहेको छ । यहाँ सुविधा नहुँदा काठमाडौं, भारतको नयाँ दिल्ली, लखनउ गएर पढनुपर्ने बाध्यता रहेको थियो ।

यसले गर्दा विद्यार्थीहरुलाई आर्थिकरुपमा पनि भार पर्ने गरेको थियो । अब त्यो समस्या रहने छैन ।’ व्यवस्थापनलाई बलियो बनाउँदै दक्ष जनशक्तिबाट अध्यापन गराउने तयारी गरिरहेको वाल्मिकीले बताए । उनले भने,‘कानुन पढेका विद्यार्थीको यहाँ धेरै राम्रो सम्भावना छ । गाउँ(घरमा न्याय प्राप्तिका लागि धेरै जनताले दुःख पाइरहेका हुन्छन् । बिएएलएलबी स्तरका विद्यार्थी यहीँ उत्पादन भएपछि स्थानीय जनतालाई सहयोग हुन्छ । यसले गर्दा कानुनी सेवाबाट कोही पनि बञ्चित हुनु पर्दैन ।’

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर