नेपाल र बङ्गलादेशबीचको फाइनल खेल शुरू

काठमाण्डौ भदौ १२ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र बङ्गलादेशबीचको खेल शुरू भएको छ । फाइनल खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुरू भएको हो ।

यो खेलमा नेपाली टोलीमा एक जना खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बङ्गलादेशसँगको फाइनलमा नेपाली टोलीमा अनिल बम्जनको ठाउँमा लक्षु थापालाई राखेका छन् ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर