स्थानीय शिक्षा ऐन विपरित शुल्क उठाउदै कोहलपुर वागेश्वर स्कुल

कोहलपुर भद ४- कोहलपुर नगरपालिका– ३ स्थित मदनचोकमा रहेको कोहलपुर वागेश्वरी स्कुलले मनोमानी गरेर अभिभावकबाट रकम उठाउने गरेको आरोप लागेको छ ।

कोहलपुर नगरपालिकाको नगर प्रमुख पुर्ण प्रसाद आचार्य निर्बाचित भए लगतै शिक्षामा आमूल परिवर्तन गर्ने उदेश्यका साथ ठुलो मात्रामा स्थानीय सरकारले शिक्षा तर्फ लगानी गर्दै आएको बताइरहदा निजी विद्यालयमा मोटो रकम असुल गरेको आरोप लागेको हो ।
कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मुख्य केन्द्रको रुपमा रहेको कोहलपुर नगरपालिका शिक्षामा भारी प्रभावकारीता हुनु पर्नेमा उल्टै रकम मात्र असुल्ने तर शैक्षिक गुणस्तर भने कम्जोर हुदा अभिभावकहरु आक्रोसित भएका हुन् । शिक्षाको गुणस्तर तर रेखदेख गर्ने नियमनकारी निकाय प्रति अभिभावकहरु गम्भिर प्रश्न खडा भएको बताएका छन् । नगरपालिकाले निर्माण गरेको स्थानीय शिक्षा ऐनमा थप शुल्क लिन पाउने कानुनी व्यवस्था नभएको पाइएको छ । स्थानीय शिक्षा ऐन विपरित काम गर्ने छुट कसैलाई नभएको भन्दै शैक्षिक अराजकता ल्याउने जोकोहीलाई नियामानुसार कारबाहीको भागिदार हुनृ शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले जानकारी दिनुभयो ।

वागेश्वरी ई.मि.स्कुलले कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीको घरमा साउन महिनाको मासिक शुल्क २ हजार ८५०/- बिल सँगै जरिवाना भनेर शीर्षक खुलाएरै ४४ रुपैयाँ थप जोडेर विद्यार्थीसँग बिल घरमा पठाउँदा अभिभावक अचम्मित परेका छन् । उसो त निजी विद्यालयहरुले मनोमानी शुल्क लिएका छन् । त्यसमा पनि जरिवाना तोकेर यसरी बिल घरमा आउँदा अभिभावक भन्छन् ‘यो त स्कुलले ब्याज समेत लिईरहेको छ । यसरी महँगो शुल्क तिरेर निजी स्कुल रोजेका अभिभावकलाई कोहलपुर वागेश्वरीले लूट मच्चाए सँगै अभिभावकको ढाड सेक्ने काम गरेको छ । ’ साउन महिनाको २३ गते स्कुलले बिल काट्छ तर जरिवाना जोडेर अबैध रुपमा अभिभावक बाट शुल्क लिईरहदा स्थानीय शिक्षा शाखाले नियमन अनुगमन गरेको छैन।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर