चितवनमा गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण कार्य सुरु

चितवन साउन २७, – भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । अहिले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।

महानगरसँग सम्झौता गरेको ठेकेदार कम्पनीले फिल्डमा काम शुरु गरेको हो । रङ्गशाला निर्माणको अनुमानित लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ छ । २०८३ साल पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ । शुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्याराफिट तयार गरिसकेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर