बंगलादेशमा राष्ट्रपति र विद्यार्थी आन्दोलनका शीर्ष नेताबिच बैठक जारी

एजेन्सी सावन २२- बंगलादेशमा राष्ट्रपति मोहम्मद शाहबुद्दिन र विद्यार्थी आन्दोलनका शीर्ष नेताहरूबिच बैठक चलिरहेको छ ।

साँझ ६ बजेतिर विद्यार्थी नेताहरू सवार एउटा माइक्रोबस राष्ट्रपतिको सरकारी आवास तथा कार्यालय बाङ्गभवनमा छिरेको थियो ।

बैठक जारी रहेको भन्दै बंगलादेशको दैनिक पत्रिका द डेली स्टारको अनलाइन संस्करणमा समाचार छापिएको छ । बैठकमा विद्यार्थी नेताले अन्तरिम सरकार गठनबारे कुराकानी गर्ने बताइएको छ ।

प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर भारततिर लागेपछि सत्ताको कमान्ड हातमा लिँदै सेना प्रमुखले विपक्षी दलकी अध्यक्ष खालिदा जिया जेलबाट रिहा भएपछि मात्रै अन्तरिम सरकार गठनलाई अगाडि बढाइने बताएका थिए । मंगलबार दिउँसो जिया रिहा भइसकेकी छिन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर