प्रतिवन्धित औषधीसहित भारतीय नागरिक पक्राउ


कोहलपुर बाँके साउन १०, प्रतिवन्धित औषधीसहित बाँकेमा एक भारतीय नागरिक पक्राउ परेका छन् । देश भारत रुपैडिया बस्ने भुरे राईनि नेपालमा प्रतिवन्धित Aldigesesicp नामक औषधी १०० पत्त  (३००Tab)    सहित पक्राउ परेका हुन् ।

नेपालगन्ज १६ स्थित भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको रे राईनिले चलाएको UP40AJ5901  नंम्बरको को मोटरसाईकल रोकि चेकजाँच गर्दा मैदाको बोरा भित्र उक्त प्रतिबंधित औषधि लुकाई छिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले बताएको छ ।

आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर