आज पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइँदै


एजेन्सी साउन १० – आज जुलाई २५ तारिख, संयुक्त राष्ट्रसङ्घको आह्वानमा ुवर्ल्ड ड्राउनिङ प्रिभेन्सन डेु विश्वभरी मनाइँदैछ । पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यले यो दिवस नेपालमा पनि मनाइन्छ । पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवसको अवसरमा आज विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

विश्वभरी वर्षेनि २ लाख ३५ हजार मानिसको पानीमा डुबेर ज्यान जाने गरेको तथ्याङ्क भेटिन्छ । एक अध्ययनअनुसार नेपालमा पनि खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर प्रत्येक वर्ष ५ सय जनाभन्दा धेरैले ज्यान गुमाउँछन् ।

नेपालमा नदीको आसपास र नदीमा नुहाउने क्रममा डुबेर, बगेर ज्यान गुमाउनेको सङ्ख्या बढी देखिएको छ । यसैगरी बाढीमा परेर, नदीमा हाम फालेर, ट्याङ्कीमा डुबेर, पानी भरेर राखेको भाडामा बालबालिका परेर ज्यान गुमाएका घटना धेरै रहेको यसैसम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाईंले बताउनुभयो ।

उहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, पालिकाले पनि आफ्ना वार्षिक कार्यक्रममा नदीमा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन सचेतनाका कार्यक्रमहरू आयोजना गरेर पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्नुपर्ने सुझाव दिनुभएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर