भारतमा शिशु बेचबिखन घटनामा नौ जनाविरुद्ध मुद्दा दायर, पाँच नवजात शिशुको उद्धार


एजेन्सी साउन १०, भारतमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिबिआई० ले नवजात शिशुहरूको बेचबिखन र खरिद बिक्री सम्बन्धी घटनामा नौ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । अभियोग पत्रमा परेका आठ जना आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो ।

अनुसन्धानका क्रममा अहिलेसम्म पाँच नवजात शिशुको उद्धार पनि गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। आरोपितहरू सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमा संलग्न रही विज्ञापनमार्फत शिशु लिन चाहने भारतभरका सन्तान नभएका दम्पतीहरूसँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ ।

उनीहरूले धोका दिएर र प्रलोभनमा पारेर आर्थिक रूपमा विपन्न अभिभावकहरूबाट शिशुहरू किनेका थिए । त्यसपछि उनीहरूले प्रतिशिशु चारदेखि छ लाख भारतीय रुपैयाँसम्मको मूल्यमा खाँचोमा परेका दम्पतीलाई जन्म तथा धर्मपुत्रसम्बन्धी नक्कली कागजात बनाएर ठगी गर्ने गरेका पाइएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर