पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबल आजदेखि सुरु हुँदै

एजेन्सी साउन ९ – ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकअन्तर्गत फुटबलका खेल आजदेखि शुरु हुँदैछ । ओलम्पिकको उद्घाटन पर्सि शुक्रवार हुने भए पनि फुटबलसहितका केही खेल आजदेखि शुरु हुन लागेको हो । पुरुष फुटबलअन्तर्गत पहिलो खेलमा आज बेलुका अर्जेन्टिना र मोरक्को खेल्दैछन् ।

समूह ुबीु मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ । यहि समयमा समूह ुसीु का स्पेन र उज्वेकिस्तान पनि खेल्दैछन् । यस्तै राति पौने ९ बजे समूह ुएु का गिनी र न्यूजिल्याण्ड तथा समूह सी को इजिप्ट र डोमिनिक रिपब्लिक, राति पौने ११ बजे समूह ुबीु का इराक र युक्रेन तथा समूह ुडीु का जापान र पाराग्वेबीच खेल हुनेछ ।

आजै राति पौने एक बजे समूह ुएु अन्तर्गत आयोजक फ्रान्स र अमेरिका तथा समूह ुडीु को मालि र इजरायल खेल्दैछन् । पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरिएको छ ।

महिला फुटबलका खेल भोलिदेखि शुरु हुनेछन् । ओलम्पिकमा २३ वर्ष मूनीको टोलीबीच प्रतिस्पर्धा हुने गर्छ । जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर