ट्रम्पमाथि गोली प्रहार भएको घटनापछि अमेरिकी गुप्तचर संस्थाकी निर्देशकद्वारा पदबाट राजीनामा

एजेन्सी साउन ९, – अमेरिकी सिक्रेट सर्भिस अर्थात् गुप्तचर संस्थाकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनापछि सिक्रेट सर्भिसका प्रमुख चिटलले पदबाट राजीनामा दिनुभएको हो ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई लक्षित गरी केही दिन अघि भएको आक्रमणको घटान रोक्न आफ्नो मिसन एजेन्सी असफल भएको उहाँले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई १३ तारिखमा पेन्सिलभेनियाको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पलाई गोली हानेका थिए । लगत्तै चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीबाटै दबाब बढेको थियो । चिटललाई वर्तमान राष्ट्रपति जो बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गर्नुभएको थियो । ट्रम्पको दाहिने कानमा बन्दुकको गोली लागेर भएको घाउ उपचारपछि ठिक हुँदै गएको डाक्टरले बताएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर