बाँकेबाट कांग्रेसका बादसाह लुम्बिनी सरकारमा मन्त्री बन्दै

कोहलपुर बाँके श्रवण ९- बाँकेका बादसाह कुर्मी लुम्बिनी प्रदेश सरकारमा मन्त्री बन्दैछन् । बाँके प्रदेशसभा क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित कुर्मी पहिलोपटक मन्त्री बन्न लागेका हुन् । कुर्मी दुबै संविधानसभामा समानुपातिकतर्फका सदस्य थिए ।

कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

यसअघि एमालेले पाउने ४ मन्त्रीको पनि टुंगो लागेको छ । मन्त्रीहरुले आज बिना विभागीयका रुपमा शपथ लिने र भोलि मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर