जन्म दिनको अवसरमा वृक्षा रोपण र कपडा बैंक स्थापना


बाँके श्रावण ६, हरित कोहलपुर बनाउनका लागि कोहलपुर नगर युवा संजालले वृक्षा रोपण गरेको छ । “अवसर हामीलाई दिनुहोस् परिवर्तन सबैका लागि ल्याउने छौ” भन्ने मूल नारा बोकेको नगर युवा संजालले कोहलपुरलाई सुन्दर बनाउने उद्देश्यले कोहलपुर नगर युवा संजालका अध्यक्ष रमेश वरको जन्म दिनको अवसर पारी कोहलपुर गोलपार्कको खुल्ला चौरमा वृक्षा रोपण कार्यक्रमको आयोजना गरीएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, कोहलपुर नगरपालिका ११ नम्बर वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, नगर युवा संजालका प्रतिनिधि, स्थानियहरुको सहभागितामा निम कहली ,छतिबन,अमला करेज , गुल्महर लगायत १५० वटा विरुवा रोपिएको हो ।


यस्तै नगरयुवा संजालकै पहलमा कोहलपुर कपडा बैंक स्थापना गरीएको छ । “हुनेदे दिएर जाउँ, नहुनेले लिएर जाउँ” भन्ने मूल नाराका साथ कोहलपुर नगरपालिका वडा नं. ११ इलाका प्रसाशनको अगाडि कपडा बैंक स्थापना गरीएको छ ।

कपडा बैंकमा जम्मा भएका कपडा जीउ ढाक्न समस्या भएका व्यक्तिहरुलाई सहज हुन्छ कोहलपुर नगर युवा संजालका अध्यक्ष रमेश वरले भने ‘कसैलाई पुराना कपडा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ, कसैलाई लुगा कसरी किन्ने भन्ने समस्या छ, यो बैंकले दुबै समस्याको समाधान हुन्छ । सनो सहयोगले कसैलाई राहत हुन्छ भने सबैले सहयोग गर्न आग्रह गरीएको छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर