गाजाको मानवीय क्षेत्रमा इजरायली सेनाको हवाइ आक्रमण : ९० जनाको ज्यान गयो

एजेन्सी असार ३०, इजरायली सेनाले गाजाको एउटा मानवीय क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ९० जनाको ज्यान गएको छ । अरू तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भएर बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको हो । त्यस क्षेत्रलाई यसअघि इजरायली सेनाले नै सुरक्षित क्षेत्र तोकेर प्यालेस्ष्टिनीलाई शरण लिन आग्रह गरेको थियो ।

इजरायली सञ्चारमाध्ययमका अनुसार सेनाले हमासका वरिष्ठ नेता मोहम्मद डेफलाई लक्षित गरी आक्रमण गरेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले भने घटनाको अनुसन्धान भइरहेको बताउनुभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ । गाजामा अहिलेसम्म ३८ हजार चार सय ४३ जनाको ज्यान गएको र ८८ हजार चार सय ८१ जना घाइते भएका हमासले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर