प्रधानमन्त्रीमा ओलीको नियुक्ति, भोलि शपथ गराउने तयारी

काठमाण्डौ असार २९ – राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोलि मात्र प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको छ । हिजो राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुभएको थियो ।

नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा ओलीले दाबी पेस गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि भोलिसम्मको समयसीमा दिएर आह्वान गर्नुभएको थियो ।

लगत्तै एमाले र कांग्रेसले प्रधानमन्त्रीमा ओलीको दाबी पेस गरेका हुन् । हिजो दाबी पेस भए पनि भोलि मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराइने शितल निवासको तयारी छ । कांग्रेस र एमालेका नेताहरुकाअनुसार भोलि नै सानो आकारको मन्त्रिपरिषद बन्नेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर