दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतको अन्तरिम जमानत


एजेन्सी असार २८, भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

दुई जना न्यायाधीशको इजलासले मुद्दाको सुनुवाइ गर्दै केजरीवाललाई अन्तरिम जमानत दिएको बीबीसी हिन्दीले जनाएको छ । सर्वोच्चले यो विषयमा अझै केही बिषयहरु बाँकी रहेको भन्दै पूर्ण इजलासमा पठाएको खबरमा उल्लेख छ ।

अन्तरिम जमानत पाए पनि केजरीवाल जेलबाहिर आउन भने पाउने छैनन् । सर्वोच्चले उनलाई ईडीको तर्फबाट गरिएको पक्राउको विषयमा अन्तरिम जमानत दिएको हो । केजरीवाललाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० ले पक्राउ गरेको छ । केजरीवालले सीबीआईले गरेको पक्राउलाई लिएर दिल्ली उच्च अदालतमा निवेदन दिएका छन् । यो विषयमा यहि जुलाई १७ तारिखमा सुनुवाइ हुँदैछ ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा केजरीवाललाई ईडीले गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो । पहिले उच्च अदालतमा पुगेको यो विषय त्यहाँबाट खारेज भएपछि सर्वोच्च अदालतमा पुगेको थियो ।

यसअघि लोकसभा चुनावका क्रममा प्रचारका लागि सर्वोच्चले २१ दिनका लागि अन्तरिम जमानत दिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर