भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो

काठमाण्डौ असार २, – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को भेरी नदीमा बेपत्ता भएका दुई जना पुरुषको शव सशस्त्र प्रहरीले निकालेको छ ।

हिजो नुहाउने क्रममा भूपेन्द्र केसी र विनोद केसी भेरी नदीमा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरले आज दुवै जनाको शव निकालेको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवामा रहेको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा एक जना बालकको शव फेला परेको छ । खाल्डोमा बरपौवाका नौ वर्षीय गणेश विकको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव निकालेको हो । उनी हिजो बेलुकी ५ बजेतिर पुल बनाउन खनेको खाल्डोमा खसेका थिए ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–५ बछेलामा रहेको झरनाबाट खसेका व्यक्तिको शव सशस्त्र प्रहरीको नम्बर ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । उनको परिचय भने खुलिसकेको छैन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर