स्कुटर चोरीमा संलग्न २ जना बाँकेमा पक्राउ

बाँके जेठ २९, स्कुटर चोरीमा संलग्न २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा, बाँके जानकी गा।पा। ३ बस्ने रम्जान यादव र नेपालगंज उप(महानगरपालिका ३ बस्ने मोहम्द जिसान्त सिद्दिकि रहेका छ्न ।

बाँके नेपालगंज उप(महानगरपालिका १८ सोल्टि होटल नजिकबाट भे १३ प १६३४ नम्बरको स्कुटर वैशाख २२ गते राति हराएको भनि सूचना प्राप्त भए पश्चात खोजतलास गर्ने क्रममा जानकी गा।पा। ३ ईन्द्रपुर स्थित उक्त स्कुटरको नम्बर परिवर्तन गरि प्रयोग गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि चोरी कसूरमा सम्मानित बाँके जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर