‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन हुँदै


काठमाण्डौ जेठ २९, – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालमा आधारित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ को राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

मन्त्रालयको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख रोशनीदेवी कार्कीले आउँदो भदौ महिनामा सम्मेलन गर्ने तयारी गरिएको र त्यसबारे सरोकारवालाबाट सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

सम्मेलनमा सरकारी अधिकारी, घरेलु हिंसासम्बन्धी काम गर्ने गैरसरकारी संस्था, लैङ्गिक हिंसामा परेका व्यक्ति गरी झण्डै तीन सय जना सहभागी हुने कार्कीले जानकारी दिनुभयो । केन्द्रमा आर्थिक वर्ष २०८०र८१ मा १० हजार पाँच सय ३३ लैङ्गिक हिंसामा परेकाको व्यक्तिको उपचार गरिएको तथ्याङ्क छ ।

मन्त्रालयले केन्द्रबाट प्रदान गर्ने सेवा प्रभावकारिताबारे जानकारी दिन सम्मेलन आयोजना गर्न लागेको हो । घरेलु हिंसामा परेका व्यक्तिको उपचारका लागि देशभरका ९४ अस्पतालमा केन्द्र स्थापना गरिएका छन् ।

केन्द्रले लैङ्गिक हिंसामा परेका बिरामीलाई स्वास्थ्य तथा चिकित्सकीय कानुनी सेवा, मनोसामाजिक परामर्श सेवा, सुरक्षा, सुरक्षित आवास गृह तथा पुनःस्थापना, शिक्षा तथा सशक्तीकरण र घरायासी पुनःमिलन गराउनेलगायतका काम गरिरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर