साइबर सुरक्षा र एआई सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

वैशाख १८ बाँके– सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि साइबर सुरक्षा र एआई सम्बन्धि कोहलपुर नगर स्तरीय युवा क्लबले सचेतना कार्यक्रम कार्यक्रम गरेको छ । कोहलपुर नगर स्तरीय युवा क्लबकको आयोजनामा विद्यार्थीहरुलाई साइबर अपराध र साइबर सुरक्षासम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगिता सुवेदीले आधुनिकतामा धकेली रहदा विभिन्न समस्या उत्पन्न भएका कारण यसलाई न्युनिकरण गर्ने र विद्यार्थीहरुलाई सचेत गाराउने उदेश्यले कोहलपुर नगर स्तरीय युवा क्लब संग समन्वय गरी कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

उपप्रमुख सुवेदीले कोलपुर नगर भित्र किशोरी संञ्जाल गठन गर्ने बताउँदै किशोरीको हरेक समस्यालाई सम्बोधन गर्ने लक्ष्यका साथ नेतृत्व र व्यत्तित्व विाकासका लागि विभिन्न तालिमको आयोजना गरीने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

उक्त अवसरमा बोल्दै सामाजिक विकास समिति संयोजक इशवरी प्रसाद विश्वकर्माले समाजलाई व्यवस्थित बनाउनको लागि यस्ता खाले सचेतनाका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगर युवा क्लबले गर्ने हरेक कार्यक्रमहरुमा आफ्नो साथ रहजे बताउनु भयो ।

उक्त कार्यक्रमा बोल्दै कोहलपुर नगर स्तरीय युवा क्लबकका अध्यक्ष रमेश वरले साइबर सुरक्षामा विशेष ध्यान बताउनु भयो । ‘साइबर असुरक्षाको जोखिम बढी रहेको छ’, उनले भने ‘जोखिम कम गर्ने एउटै उपाय सचेतना हो ।’ यसमा सबै सचेत हुन पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा सूचना प्रबिधिका विद्यार्थी रवि पंगालीले सहजिकरण गर्दै साइबर सुरक्षा र साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराएका गरायनु भएको थियो । कार्यक्रममा १ सय भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर