बाँकेमा बाघको छाला सहित १ जना पक्राउ

कोहलपुर बाँके चैत ७- दुर्लभ पाटेबाघको छाला सहित बाँके नेपालगंजको पुष्पलाल चोक स्थित रहेको रोयल महाबुब होटलबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उक्त होटलको तलास्ी लिने क्रममा तेस्रो तलाको १०१ नं. कोठा भाडामा लिई बसेका सुर्खेत बराहाताल गाउँपालीका २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीलाई दुर्लभ पाटेबाघको छाला हरियो कालो रङको झोलामा लुकाई छिपाई गरेको अवस्थामा फेला पारेको छ ।

उक्त पाटे बाघको छाला ५ फिट ९ ईन्च र चौडाई ३ फिट २ ईन्च भएको प्रहरीले जानकारी दिएको छ । दुर्लभ पाटेबाघको छाला सहित पक्राउ परेका कार्कीलाई थुनामा राखी आबश्यक थप अनुसन्धान एवं कारवाही अघि बढाईएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर