निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ३ सय २३ जनाले सेवा लिए

कोहलपुर बाँके चैत ६,- बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न २ स्थित दुर्गा भवानी माध्यमिक विद्यालयमा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ३ सय २३ जनाले सेवा लिएका छन् ।
राप्ती सोनारी गाउँपालिका आयुर्वेद शाखा नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा संचालन गरिएको शिविरमा ३ सय २३ जनाले सेवा लिएको नागरिक आरोग्य सेवा केन्द्र ढकेरीकी प्रमुख अन्जु थारुले जानकारी दिइन ।

शिविरमा सुगरका बिरामी ६४ जना अर्श ४८जना सन्धिवात ७७ जना आमवात २१जना अम्लपित्त ३५जना उच्च रक्तचाप १०जना र अन्य रोगका ७४ जना गरि ३ सय २३ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । शिविर बिरामीहरुलाइ निशुल्क औसधि वितरण गरिएको थियोे ।

शिविरमा वरिष्ठ कन्सल्टेन्स आयुर्वेद विज्ञ डा।अनिल कुमार चौधरी, आयुर्वेद स्वास्थ केन्द्र बाँकेका वरिष्ठ वैद्य सिताराम चौधरी ,आयुर्वेद शाखा नरैनापुरका कविराज रोशन शर्मा,डुडुवा शाखाकी कविराज उर्मिला थारु,खजुरा शाखाका कविराज किरण खनाल,नागरिक आरोग्य सेवा केन्द्र राप्तीसोनारीकी कविराज अन्जना चौधरी , राप्तीसोनारीकी कविराज कविता खत्री कचानापुर स्वास्थ चौकीकी ल्याब असिस्टेन्ट सुमित्रा थारु लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीको स्वस्थ परिक्षण गरेका थिए । राप्ती सोनारी गाउँपालिका वडा न २ कि वडा सदस्य सिर्जना सार्कीको सभापतित्वमा शिविर सम्पन्न भएको थियोे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर