आज सुनको भाउ १ हजार रुपैयाँले घट्यो

काठमाण्डौं,३० फागुन । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको छ । आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च भएको थियो । अस्ति सोमवार र हिजो मंगलवार आइतबारकै भाउमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ घटेर एक लाख २५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख २५ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ प्रतितोला एक हजार चार सय ६५ रुपैयाँ तोकिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर