प्रथम थारु संस्कृतिक तथा खाना प्रदर्शनी कार्यक्रम शनिबार सम्पन्न

तुलसीपुर ६, माघ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरामा रहेको मेट्रो कलेजमा प्रथम थारु संस्कृतिक तथा खाना प्रदर्शनी कार्यक्रम २०८० शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्कृतिक कार्यक्रम संगै विषेशगरी आकर्षकका रुपमा थारु खानालाई प्रदर्शनीमा राखिएको थियो । थारु समुदायको भेषभुषा र स्थानीय उत्पादनलाई प्रचार-प्रसार तथा प्रोत्साहन गर्नका लागि कार्यक्रम संचालन गरिएको ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले बताउँनुभयो । कार्यक्रम संचालक मुल समिति संयोजक भागीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवम् ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर