लैंगिक हिंसा विरुद्धको अभियान भोलिदेखि, नेपालगन्जमा दीप प्रज्वलन


नेपालगञ्ज बाँके मंसिर ८ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको तयारी नेपालगञ्जमा बृहतरुपमा गरिएको छ । यस पटक ुलैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता स् महिला र बालबालिकामा लगानीको एक्यवद्धताु नाराका साथ मंसिर ९ गतेदेखि १६ दिने अभियान मनाउन लागिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा यहाँ रहेका सम्पूर्ण संघसंस्थाहरुको सहभागितामा अभियानलाई प्रभावकारी बनाउन बृहत बनाउने तयारी गरिएको छ । दैनिक कार्यक्रम गर्ने योजना बनाइएको नगरस्तरीय लैङ्गिक हिंसा निगरानी संजाल अन्तर्गत उपसमिति संयोजक गणेश भट्टराईले जानकारी दिनुभयो ।

अभियानका अवसरमा शुरुवाती दिन नेपालगञ्जका बिभिन्न चोकहरुमा व्यानर प्रदर्शन, दैनिक कार्यक्रम, दीप प्रज्वलन, अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएका छन् । भोलि वीपी चोकमा दीप प्रज्वलन गरेर अभियानको सुभारम्भ गरिने नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्जु पाण्डेले बताइन् । यो अभियानको शुरुवात सन् १९९१ मा वुमन्स ग्लोबल लिडरसीप इन्सिट्युटमा सहभागी भएका महिला अधिकारकर्मीहरुद्वारा भएको हो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० गरी जम्म १६ दिनसम्म चल्ने यो अभियानलाई पछि संयुक्त राष्ट्र संघले पनि मान्यता प्रदान गरी थप विश्वव्यापी बनाउन सहयोग पुयाएको छ । हाल यस अभियानलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा हरेक वर्ष विश्वभर मनाइने गरिन्छ ।

सन् १९६० नोभेम्बर २५ का दिनमा निक रिपब्लिकका तानाशाह राफेल सन् १९६० नोभेम्बर २५ का दिनमा डोमेनिक रिपब्लिकका तानाशाह राफेल ट्रिजुलो सरकारविरुद्ध आवाज उठाउने तीन मिराबल दिदीबहिनीहरुको विभत्स हत्या गरिएको थियो ।

तीनै मिराबल दिदीबहिनीहरुको अधिकारकर्मीलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रुपमा मनाइन्छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर