दाङमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पुलामी पक्राउ

दाङ ६ मंसिर ।

दाङमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने ३१ वर्षीय सुवास पुलामी रहेको प्रहरीले जनाएको छ ।

पुलामीले ती महिलालाई सोमबार साँझ विवाह गर्छु भनी ललाई फकाई गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर